लक्ष्यभन्दा बढी कर संकलन

रुपन्देही । आन्तरिक राजश्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको प्रथम चार महिनामा लक्ष्यभन्दा ९ प्रतिशत बढी राजश्व संकलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत मुक्तिराज आचार्यले कार्तिकसम्म २ अर्ब ८० करोड रुपैयाँ संकलनको लक्ष्य रहेकोमा ३ अर्ब ७ करोड रुपैयाँ संकलन गरेको जानकारी दिनुभयो ।
कोरोना महामारीका बीचमा पनि करदाताहरुले उत्साहपूर्वक सहभागिता जनाई कर दाखिला गरेको अधिकृत आचार्यले बताउनुभयो ।
गत आर्थिक वर्षमा यो कार्यालयले कोरोना महामारीका बाबजुद ८ अर्ब ५८ करोड राजश्व संकलन गरेको थियो । जसमा आयकरतर्फ १ अर्व २६ करोड, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ४१ करोड र सवैभन्दा बढी अन्तशुल्कतर्फ ५ अर्ब ८८ करोड रुपैयाँ संकलन भएको कर अधिकृत मञ्जु पोखरेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्