बालुवाटारमा सर्वदलीय बैठक जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधबकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री एवं महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुभाष नेम्वाङ सहभागी हुनुहुन्छ ।

सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र डाक्टर प्रकाशशरण महत सहभागी हुनुहुन्छ ।

त्यस्तै बैठकमा संघीय समाजबादी पार्टीका तर्फबाट नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादब सहभागी हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्