प्रधानमन्त्रीको आव्हानमा आज ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज मङ्गलवार सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने सर्वदलीय बैठकमा समसामयिक विषयहरूमा छलफल हुने जानकारी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टरार्ईले जानकारी दिनुभयो ।
सर्वदलीय बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहने छ । मुलुकमा बढ्दो कोरोनाको संक्रमण र गणतन्त्र विरोधी तत्त्वहरू सलबलाइरहेको बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्नु महत्त्वपूर्ण रहेको विश्लेषकहरू बताउछन् ।








प्रतिक्रिया राख्नुहोस्