तपाईँ सुन्दै हुनुहुन्छः

झापाको बाह्रदशी गाउँपालिकामा अन्धुवा खोलामा पक्की पुल निर्माण शिलान्यास

झापा । झापाको बाह्रदशी गाउँपालिकाको १ स्थित अन्धुवा खोलामा पक्की पुल निर्माण थालिएको छ । साधुपर्ति जोड्ने सडकको अन्धुवा खोलामा पककी पुल निर्माण थालिएको हो ।

सशस्त्र द्वन्द्वका बेला माओवादीहरुले बाह्रदशी १ साधुपर्तिस्थित अधुवा खोलामा काठे पुल निर्माण गरेका थिए । जीर्ण वनेको पुल अहिलेसम्म नवन्दा त्यस क्षेत्रका सर्वसाधारणलाई समस्या हुने गरेको थियो ।

प्रदेश सरकाको वहुवर्षीया योजनामा निर्माण थालिएको पक्की पुलको आज प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशीले शिलान्यास गर्नुभयो । करिव ८ करोड १८ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण हुने भएको हो ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार निर्देशनालयको पूर्वाधार विकास कार्यालय भद्रपुर झापाले पुलका लागि बजेट उपलब्ध गराएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button