मकवानपुर र धादिङमा ओद्यौगिक गणना शुरु
काठमाडौं । प्रत्येक १० वर्षमा हुने ओद्यौगिक गणना अर्थात् सर्वेक्षण कार्य मकवानपुर र धादिङमा आइतबारबाट शुरु भएको छ ।
केन्द्रीय तथ्याङ्क विभागअन्तर्गत रहेको जिल्ला तथ्याङ्क कार्यालय हेटौँडाद्वारा मकवानपुर तथा धादिङमा उक्त सर्वेक्षण प्रारम्भ भएको हो ।
तथ्याङ्क कार्यालयका प्रमुख राजेश दासका अनुसार करिब १० महिनादेखि कोरोना महामारीका कारण जारी गरिएको लकडाउनले स्थगित रहेको सर्वेक्षण कार्य सुरक्षा मापदण्ड अपनाउँदै पुनः शुरु गरिएको छ ।
सर्वेक्षणमा तथ्याङ्क कार्यालय मकवानपुर कार्यक्षेत्र अन्तरगत पर्ने मकवानपुरका ३४० र धादिङका २१७ औद्यौगिक प्रतिष्ठान रहेकामा लकडाउनमा १४० प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिएको थियो ।
यसपटक बाँकी रहेका ४१७ प्रतिष्ठानको तथ्याङ्क सङ्कलन हुनेछ । राष्ट्रिय अर्थतन्त्रमा औद्यौगिक क्षेत्रको योगदान, सम्भावना, चुनौती, समस्या, रोजगारीको अवस्था लगायतका विविध पक्ष समेटेर सर्वेक्षण सञ्चालन गरिएको तथ्याङ्क कार्यालय हेटौँडाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्