शुक्लाफाँटामा रहेको टोटीनालामा पक्की पुल निर्माण हुँदै
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका–१० स्थित टोटीनालामा चार करोड ४८ लाख ५५ हजार ८७८ को लागतमा पक्की पुल निर्माण सुरु भएको छ ।
पुल निर्माणका लागि केएस कन्स्ट्रक्सन प्रालि धनगढीसँग ठेक्का सम्झौता गरिएको छ । आउँदो आर्थिक वर्षको असार मसान्तसम्म पुल निर्माण गर्ने गरी सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख दीपक नेगीले बताउनु भएको छ ।
निर्माण हुने पुलको लम्बाइ ३० मिटर र चौडाइ ११ मिटर छ । पुल निर्माणपछि क्याम्पस पढ्ने मात्रैलाई फाइदा पुग्ने नभई यस क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई समेत सहज हुनेछ ।
नालामा पुल नहुँदा बर्षातको समयमा पानीको बहाव अत्याधिक हुँदा तर्नका लागि निकै गाह्रो हुने गरेको स्थानीय तेजबहादुर शाहले बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्