तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशमा धान उत्पादनमा वृद्धि

file photo

कर्णाली । कर्णाली प्रदेशमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।

गत वर्षको तुलनामा यो वर्ष छ हजार मेट्रिक टन बढी धान उत्पादन भएको कर्णाली प्रदेश कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।

निर्देशनालयका अनुसार यो वर्ष कर्णालीमा एक लाख २० हजार ९७१ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष एक लाख १४ हजार ३१८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

किसानको मिहिनेतसँगै यो वर्ष समयमै वर्षा भएका कारण धान उत्पादनमा वृद्धि भएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले बताउनुभयो ।

धान उत्पादनमा वृद्धि भए पनि लक्ष्य अनुसारको वृद्धि हुन नसकेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button