तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाका कारण ४० प्रतिशत अपांगता भएका व्यक्तिले रोजगारी गुम्यो

काठमाडौँ । कोरोना भाइरस संक्रमणको महामारीका कारण ४० प्रतिशत अपांगता भएका व्यक्तिहरुले रोजगारी गुमाएको एक अध्ययनले देखाएको छ ।

राष्ट्रिय अपांग महासंघले अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा आज काठमाडौंमा आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा राष्ट्रिय अपांगत महासंधले हालै गरेको अध्ययन सार्वजनिक गर्दै कोरोना भाइरस संक्रमण महामारीको अवधीमा ४० प्रतिशत अपांगता भएका व्यक्तिहरुले रोजगारी गुमाएको सार्वजनिक गरेको हो ।

निजामती सेवामा कायम ५ प्रतिशत अपांगता भएका व्यक्तिहरुको सहभागितालाई संसदमा छलफल भइरहेको निजामती कर्मचारी विधेयकबाट हटाएको भन्दै महासंघका अध्यक्ष मित्रलाल शर्माले सरकारले अपांगता भएका व्यक्तिहरुलाई सरकारी सेवामा रोजगारी बढाउनुपर्नेमा जोड दिनुभयो ।

महासंघले अपांगता भएका व्यक्तिहरुको सहज जीवन यापन र सहभागिताका लागि नीतिगत रुपमा लगायत विभिन्न कार्यक्रम गरी अन्तरािष्ट्रय अपांगता दिवस मनाउने जनाएको छ ।

हरेक वर्ष अंग्रेजी महिनाको डिसेम्बर ३ तारिखमा अन्तरािष्ट्रय अपांगता दिवस मनाइने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button