तनहुँको व्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्ने सुँडेको सेती नदिमा मोटरेबल पुल

तनहुँ । तनहुँको व्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्ने सेती नदिमा मोटरेबल पुल बनेको छ ।
व्यास –१३ र रिसिङ–३ जोड्ने मोटरेबल पुलको मङ्गलवार उद्घाटन गरिएको हो ।
सुँडे स्थित सेती नदिमा बनेको मोटरेबल पुलको मङ्गलवार प्रमुख अतिथि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा पौडेलले भने पुल बनेपछि जिल्लाको विकट दक्षिणी क्षेत्रका स्थानीयलाई सहज हुने बताउनुभयो । गाउँमा कृषि उत्पादन गरी बजारमा बिक्री गर्न अब झनै सजिलो हुने वरिष्ठ नेता पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो ’गाउँमा रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।’ गाउँमा रोजगारी अवसर सिर्जना गरेर श्रम शक्तिलाई गाउँ मै राख्नुपर्ने वरिष्ठ नेता पौडेलले बताउनुभयो ।
उक्त पुलको लम्बाई १०५ मिटर रहेको छ । २०७१ असार २९ गते सम्झौता भएको पुल २०७७ वैशाख ३० गते निर्माण सम्पन्न भएको हो ।

सो पुलको सम्झौता रकम ९ करोड ५१ लाख ४४ हजार ३६६ रुपैयाँमा भएपनी १० करोड ७१ लाख २७८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
सो पुलले दमौली सँग जिल्लाको दक्षिणी क्षेत्रको बैदि, कोटा, छिपछिपे जोड्छ ।








प्रतिक्रिया राख्नुहोस्