तपाईँ सुन्दै हुनुहुन्छः

वारा, पर्सा र नवलपरासीमा थप ६ जनामा संक्रमण पुष्टि

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणको क्रममा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बारा र पर्साका विभिन्न स्थानबाट संकलित ९८ जनाको स्वाब परीक्षण गर्दा पर्साका २ जना, बाराका ३ र नवलपरासीका १ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पालका प्रवक्ता डा. अतुलेस कुमार चौरसियाले जानकारी दिनुभयो ।

पर्साका ८६ र बाराका १२ जनाको थ्रोट स्वाबको नमुना परीक्षण गरिएकोमा ४ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको डा. चौरसियाले जानकारी दिनुभयो ।

पर्सामा थपिएका संक्रमितमध्ये वीरगन्ज महानगरपालिका वडा न. २ का ३९ बर्षीय र ५७ बर्षीय २ पुरूष रहेका छन् ।

त्यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २६ का ३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २६ बर्षीय पुरुष र ३० तथा ७० बर्षीय महिला रहेको नारायणी अस्पतालका प्रवक्ता डा.चौरसियाले बताउनुभयो ।

उता नवलपरासीको गैँडाकोट नगरपालिका वडा न. ३ का ५७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा.चौरसियाले बताउनु भयो ।

२६ देखि ७० बर्ष उमेर समूहका थपिएका संक्रमितहरूको सिटी भ्यालु २४ देखि ३४ सम्म रहेको डा. चौरसियाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button