तपाईँ सुन्दै हुनुहुन्छः

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

file photo

भक्तपुर । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा ७३ प ३८२ नम्बरको स्कुटर गए राति दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मध्यपुर ठिमी नगरपालिका९ राधेराधेका २९ वर्षीय राजु तामाङ छन् ।

भक्तपुरबाट काठमाडौं जाँदै गरेको स्कुटर मध्यपुर ठिमी ४ एसएस चोक नजिक सोमबार राति साढे ११ बजे अनियन्त्रित भई ट्राफिक आइल्याण्डमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई मध्यपुर अस्पतालमा सामान्य उपचारपछि नर्भिक अस्पताल लगिएको थियो ।

नर्भिक पु¥याउँदा चिकित्सकले तामाङलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button