तपाईँ सुन्दै हुनुहुन्छः

धानको समर्थन मुल्य तोकिएपछि किसान खुसी

कञ्चनपुर । सरकारले यस वर्ष समयमै धानको समर्थन मुल्य तोकी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत धान खरिद गरेपछि कञ्चनपुर जिल्लाका किसानहरु खुसी भएका छन ।

विगतका वर्षमा धान विक्रि गरीसके पछि समर्थन मुल्य तोकिने र जसका कारण किसानहरुले उत्पादनको उचित मुल्य नपाउने गरेको समस्या हुने गरेपनि यस वर्ष समयमै मुल्य तोकीए पछि धान वेच्ने किसानहरुको चाप पनि वढेको छ । तर उनीहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धान खरिद गर्दा दागी धानहरु फिर्ता गर्ने गरेकोमा गुनासो समेत गरेका छन ।

कम्पनीले यस वर्ष सात हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेकोमा हाल सम्म पाँच हजार तीन सय वढि धान खरिद गरेको र धान खरिद गर्दा मापदण्ड विपरीतको धान फिर्ता गर्ने गरेको कम्पनीका प्रमुख नारायण प्रसाद खरेलले वताउनु भएको छ ।

साथै उहांले किसानको आवस्यकतालाई हेरेर धान खरिदको कोटामा केही वृद्धि पनि गर्न सकिने वताउनु भएको छ ।

कम्पनीले गत कार्तिक १९ गतेदेखि टोकन वितरण गरी धान खरिद सुरु गरेको थियो ।सरकारको समर्थन मूल्य अनुसार मोटो धान प्रति क्विन्टल दुई हजार सात सय ३५ रुपैयामा खरिद भै रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button