हामी जनप्रनिधि जनताको सेवक हौँ : मन्त्री अर्याल
स्याङ्जा । भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले जनप्रनिधि जनताको सेवक भएको बताउनुभएको छ ।
सोमबार गल्याङ–१ मालुङ्गामा अस्पतालको शिलन्यास गर्नुहुँदै मन्त्री अर्यालले मन्त्री, सासंद, मेयर, वडा अध्यक्षलगायतका सबै जनप्रतिनिधि जनताले नै चुनेर पठाउनुभएको बताउनुभएको हो ।
मन्त्री अर्यालले भन्नुभयो, ‘सबै जनप्रतिनिधिलाई पद जनताले दिनुभएको हो । हामी जनप्रतिनिधि ठुला मान्छे होईनौँ, पद त जिम्मेवारी हो ।’
‘जनता हामीदेखि डराउने, कुरा गर्न नसक्ने हुनु हुँदैन् । हामी त जनताको सेवक हौँ । उहाँहरुको सेवा गर्न उहाँहरु ले नै हामीलाई यो पदमा पठाउनुभएको हो । यो स्थानमा पठाउनुभएको हो ।’ मन्त्री अर्यालले भन्नुभयो ।
पहुँचका आधारमा हुने विकास नहुँने भन्दै आवश्यकताका आधारमा विकास हुने उहाँले बताउनुभयो । ‘पहुँचको आधारमा निवेदन चढाएको आधारमा विकास हुँदैन् । जहाँ आवश्यकता छ त्यहाँ विकास हुन्छ ।’ उहाँले भन्नुभयो । वतर्मान सरकार नमुना सरकारको रुपमा अगाडि बढेको भन्दै विगतभन्दा अहिलेको सरकार विकासको गतिमा हिँडेको उहाँले बताउनुभयो ।
विकासको वर्गिकरण गरेर संघ, प्रदेश र स्थानीय तिनै सरकार बीचको समन्वयमा विकास हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘सरकार तिव्र विकासको गतिमा हिँडेका छ यो हामीले मात्र भनेका होइनौँ यो त अन्तराष्ट्रिय मुल्याङनले नै भनेको छ ।’
आज स्वास्थ्य क्षेत्रमा ऐतिहासिक दिन भएको भन्दै मन्त्री अर्यालले भन्नुभयो, ‘आज एकै दिन ३९६ स्थानीय तहमा अस्पतालको शिलन्यास भएको छ ।
स्वास्थ्य क्षेत्रमा यति ठुलो संख्यामा अस्पताल बन्न लाग्नु स्वास्थ्य क्षेत्रको क्रान्ती हो । स्वास्थ्य क्षेत्रमा क्रान्ती ल्याउने सुरुवातको सरकारले उद्दघोष गरेको छ ।’
भौतिक संरचनासँगै दक्ष जनशक्ति र आधुनिक सुविधा सम्पन्न उपकरणको समेत व्यवस्थापन हुने भन्दै स्वास्थ्य हरेक नागरिकको सहज पहुँचमा पुग्ने उहाँको भनाई छ ।
मन्त्री अर्यालले आजै वालिङ र भिरकोटमा समेत अस्पतालको शिलन्यास गर्दैहुनुहुन्छ ।






प्रतिक्रिया राख्नुहोस्