ट्रकको ठक्करबाट महिलाको मृत्यु

बीरगंज । रौतहटको चन्द्रपुर नगरपालिका बसन्तपुरमा आज विहान ट्रकको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
चन्द्रनिगाहपुरबाट गौर जान लागेको ना ३ ख ५७२२ नम्बरको ट्रकले ठक्कर दिँदा चन्द्रपुर नगरपालिका वडानं ८ मोतीपुर निवासी ६५ बर्षीया देवकी आचार्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धी बिक्रम शाहले जानकारी दिनुभयो ।
ठक्कर दिने चालक र ट्रक ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको शाहले बताउनुभयो । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्