सुनसरीको दुहवीमा एक युवा मृत अवस्थामा फेला
सुनसरी । सुनसरीको दुहवीमा एक युवा मृत अवस्थामा फेला परेका छन् ।
सुनसरीको दुहवी नगरपालिका–२ का १७ बर्षीय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका हुन् ।
यही मंसिर १० गतेदेखि हराइरहेका चौधरीको खोजतलास गर्ने क्रममा आज बिहान ५ बजे दुहवी नगरपालिका–२ मा रहेको अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तरपट्टी रहेको खालि जग्गाको घारीमा चौधरीको शव फेला पारिएको हो ।
बालक चौधरी हराएको भनी इलाका प्रहरी कार्यालय दुहवीमा यही मंसिर ११ गते जाहेरी पर्नासाथ हुलिया परिपत्र समेत गरी खोजतलास तथा घटनाको बारेमा अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेको आशंकामा दुहवी नगरपालिकाङ२ का २० बर्षीय सुमन झालाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिईएका झालाई सोधपुछ गर्ने क्रममा चौधरीलाई आफुले कर्तव्य गरी मारेको र शवलाई घारीमा फालेको भन्ने बयान दिएसँगै घटनास्थलमा पुगेको प्रहरी टोलीले चौधरीलाई मृत फेला पारेको हो ।
बालकको शव फेला परेसँंगै थप अनुसन्धान भइरहेको र घटनामा संग्लग्न रहेको आशंकामा अन्य दुई जनालाई समेत नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मृतक चौधरीको शव परीक्षणको लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्