विकासका लागि दलगत स्वार्थ त्यागौँ

स्याङ्जा । गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मीले विकासका लागि दलगत स्वार्थ त्याग्नुपर्ने बताउनुभएको छ ।
सोमबार गल्याङ् –१ मालुङ्गामा अस्पतालको शिलन्यासका अवसरमा सभापति रेग्मीले भन्नुभयो, ‘नेपाल सरकारको सुखी नेपाली, समृद्ध नेपालको नारालाई पुरा गर्न सबै पार्टी विकासका लागि एक ढिक्का हुन आवश्यक छ । सुखको आधार हो समृद्धि हो ।’
नेपाल सरकारले आज एक साथ ३९६ स्थानीय तहमा अस्पतालको शिलान्यास गरेर प्रत्येक नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउने अभियान शुरु गरेको भन्दै यसमा सबैको साथ र सक्रियता हुनुपर्ने उहाँको भनाई छ । नागरिकका आधारभुत आवश्यकता परिपुर्ति गर्न सरकार पुर्ण लागि परेको भन्दै समृद्धि यही सरकारको पालामा सम्भव रहेको बताउनुभयो ।
साथै सभापति रेग्मीले गण्डकी प्रदेश कृषि, पर्यटन, उर्जा र भौतिक दृष्टिकोणले भरिपुर्ण रहेको भन्दै सरकारका योजनाहरुमा स्थानीय समेत सक्रिय बन्नुपर्ने बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्