हनुमाननगर कंकालिनी नगरपालिकामा विद्यालयहरु संचालनका लागि कार्यढाँचा तयार

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गतका सबै विद्यालयहरु संचालन हुने भएका छन । नगरका विद्यालय प्रमुखहरुको अनुरोधमा नगरपालिकाका नगर प्रमुख शैलेष कुमार साहको अध्यक्षतामा सर्वपक्षीय बैठकद्वारा सो निर्णय गरिएको हो ।
कोभिड १९ कोरोना विश्वव्यापी महामारीको कारण लामो अवधिसम्म विद्यालयहरुका पठनपाठन बन्द रहेको हुदाँ छात्रछात्रा एवं शिक्षकहरुलाई क्षति हुदै आएकोले विद्यार्थी तथा शिक्षक समेतको स्वास्थ्यलाई दृष्टिगत गरी पढाई गर्दा स्वास्थ्य सम्बन्धी निर्धारित मापदण्डलाई पालना गरी मात्र विद्यालय संचालन गरिने निर्णय गरिएको शिक्षा शाखा अधिकृत हरि नारायण साहले जानकारी दिनुभयो ।
पढाइको क्रममा समाजिक दुरी, मास्कको प्रयोग, सेनेटाईजरको व्यवस्था अनिवार्य पालना गर्नु पर्ने सकभर एक बेन्चमा एक विद्यार्थीलाई मात्र बसाउने, चर्पी सफा सुग्धर हुनु पर्ने र बेलाबेलामा सेनिटाईजर प्रयोग गर्न सकिने विद्यालयले मात्र विद्यालय संचालन हुने निर्णय गरिएको साहले बताउँनुभयो ।
तोकेको मापदण्ड तथा नगरले निर्णय गरी दिएको निर्देशन अनुसार प्रत्येक विद्यालयहरुले आइतवार मंसिर १४ गते आफ्ना विद्यालयका शिक्षकशिक्षिका, विद्यालय व्यवस्थापन समिति एवं अभिभावकहरुलाई बोलाई मापदण्ड र नगरका निर्देश सम्बन्धमा सल्लाह–सुझाव गरी पठनपाठन गर्ने सम्बन्धमा उपयूक्त कार्यढाँचा तयार पारी सो कार्य ढाँचा एक हप्ता अर्थात मंसिर २१ गते भित्र नगरपालिकाको शिक्षा शाखामा प्रस्तुत गर्नु पर्ने जनाएको छ ।
संचालन हुने विद्यालयहरुमा मापदण्डको पालना भएको छ, छैन भनि सोको अनुगम एवं निरिक्षण गर्न नगरका स्वास्थ्य शाखा एवं शिक्षा शाखाको समन्वयमा गठन गरिएका अनुगमन समितिले बेला–बेलामा जाँच पडताल गरिने समेत जनाएको छ ।
बैठकले निर्णय गरिएका मापदण्ड एवं निर्देशको पालना नगर्ने विद्यालय संचालनमा नआउने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्