तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

कञ्चनपुर । पुर्व पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको वेदकोट नगरपालिका–१ चम्फापुर नजिक आज दिउँसो भएको सवारी दुर्घटनामा परी एक जना प्रहरी हवलदारको मृत्यु भएको छ ।

महेन्द्रनगरदेखि झलारी जाँदै गरेको से१त १४०६ नम्वरको ट्रकले विपरीत दिशाबाट गइरहेको लु.१२ प ५१५ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झोलुङ्गे पुल प्रहरी चौकी पिपरैयामा कार्यरत प्रहरी हवलदार अन्दाजी ४० वर्षीय रामबहादुर बिष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले बताउनु भएको छ ।

ट्रक चालकसहित इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button