तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका किसान ओखरखेतीप्रति आकर्षित हुँदै

जुम्ला । पछिल्लो समय जुम्लाका किसान ओखरखेतीप्रति आकर्षित हुँदै गएका छन् । जिल्लामा ओखर भण्डारण गर्न समस्या नभएको र हावापानी निकै अनुकूल हुँदा किसानहरुका लागि ओखर आम्दानीको राम्रो स्रोत बनेको चन्दननाथ नगरपालिका कालीबहादुर भण्डारीले बताउनुु भयो ।

तिला गाउँपालिका किसान रमा बुढाले आफूहरू व्यावसायिक रुपमा ओखरखेतीमा लागेको र आयआर्जन समेत वृद्धि गरेको बताउनुभयो । आगामी वर्ष ओखर बेचेर दुई लाखसम्म कमाउन सक्ने गरी बगैंचा व्यवस्थापनमा जुटेको किसान हरिकला रोकायाले जानकारी दिनुभयो ।

अहिले खलङ्गा बजारका विभिन्न चोकमा ओखर बेच्ने किसानको भीडभाड हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जिल्लामा १९० हेक्टरमा ओखरखेती हुने गरेको र एक वर्षमा १५ टनसम्म ओखर फल्ने गरेको बताउनु भयो ।

ओखर बेचेर जिल्लामा हाल करोडभन्दा बढी रकम भित्र्याउने गरेको कोसेली घरका सञ्चालक गोविन्द आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button