तपाईँ सुन्दै हुनुहुन्छः

अब विकासले गति लिन्छः सांसद बोगटी

अछाम । प्रतिनिधि सभा सदस्य यज्ञ बहादुर बोगटीले अछामको क्षेत्र नम्बर २ ले अब विकासमा फट्को मार्ने बताउनु भएको छ । पछिल्लो समयमा विकासका गतिविधिले तिब्रता पाउन थालेकाले यस क्षेत्रले विकासमा गुणात्मक रूपमा फट्को मार्ने उहाँको भनाइ छ ।

आफुले पनि यस क्षेत्रका महत्त्वपूर्ण योजनाको कमलाई तिब्रता दिन पहल गरेको र स्थानीय सरकारले पनि प्रभावकारी समन्वय गरिरहेकाले अब सुखका दिनहरू धेरै टाढा नरहेको उहाँको दाबी छ । सांसद बोगटीले आफुले चुनावको समयमा जनाएको प्रतिबद्धता अनुसार निरन्तर काम गरिरहेका बताउनु भयो ।

अछाम क्षेत्र न २ का महत्त्वपूर्ण योजनाहरूको निर्माण कार्य अगाडि बढाईसकेकाले विकासका काममा सबैले हातेमालो गरेर अघि बढ्न स्थानीय सरकार तथा सरोकारवालालाई अनुरोध समेत उहाँले गर्नुभयो ।

कमलबजार नगरपालिका वडा न ८ ढाकुमा निर्माण गरिएको स्वास्थ्य चौकीको भवनको उद्घाटन गर्दै सांसद बोगटीले क्षेत्र न २ को स्वास्थ्य क्षेत्रमा आफुले प्राथमिकता दिएर बजेट बिनियोजन गरेकाले यस क्षेत्रको स्वास्थ्य क्षेत्रले विकासमा अब फट्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

चिसापानी–जंगलघाट–मंगलसैन सडकको सुरूवात भईसकेकाले अब यस क्षेत्रको विकासमा थप कोशेढुंगा साबित हुने उहाँको भनाइ छ । जिल्लामा अहिले पनि थुप्रै समस्या रहेकाले आफुले यस क्षेत्रका समस्याका बारेमा संसदमा बुलन्द आवाज उठाईरहेको र सम्बन्धित निकायलाई खबरदारी गरिरहने प्रतिबद्धता जनाउनु भयो ।

स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष एवं वडा न ८ का अध्यक्ष नयन बहादुर बिष्टको अध्यक्षतामा कार्यक्रम भएको थियो। यस्तै सोही वडामा रहेको बण्डाली आधारभुत बिद्यालय पास्तोलीको नवनिर्मित भवनको उदघाटन गरिएको छ भने कालिका आधारभुत बिद्यालय डुंगालाको भवनको उदघाटन संगै पुस्तकालयको समेत सांसद बोगटीले उद्घाटन गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button