पाल्पामा कुलोमा डुबेर बालकको मृत्यु
पाल्पा । पाल्पाको रामपुरमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
रामपुर नगरपालिका –३ रजघराका दामोदर देवकोटाका दुई वर्षका छोरा बोधराज देवकोटाको कुलोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बिहीबार आफ्नै घरको आँगनमा खेल्ने क्रममा साँझ करिब ५ बजे कुलोमा खसेका उनलाई रामपुर अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्