खजुरा क्यान्सर अस्पतालमा करोड बढीको लगानीमा डाक्टर क्वाटर बन्दै

बाँके । बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर परोपकार क्यान्सर अस्पतालमा करोडभन्दा बढी लागतको डाक्टर क्वाटर बनाउन लागिएको छ ।
अस्पतालका संस्थापक अध्यक्ष समेत रहेका खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले डाक्टर क्वाटरको शिलान्यास गर्न‘भएको छ ।
जनस्तरबाट सामूहिक पहलको प्रतिफल खजुरा क्यान्सर अस्पताललाई पूर्वाधारसँगै स्तरीय सेवाबाट पनि प्रभावकारी बनाउन लागिएको कक्षपतिको भनाइ रहेको छ । ‘पूर्वाधार निर्माण कार्य र सेवाको प्रभावकारितालाई पनि सँगसँगै अगाडि बढाउन लागि परेका छौं’, शिलान्यास कार्यक्रममा कक्षपतिले भन्नुभयो ।
सरकारले भक्त बहादुर केसीको अध्यक्षतामा अस्पताल व्यवस्थापन समिति र डा. कृष्ण प्रसाद आचार्यलाई निर्देशक नियुक्त गरी पठाएपछि क्रमशः क्यान्सर अस्पतालले गति लिएको देखिन्छ । ‘मेडिकल अफिसरदेखि स्वास्थ्यकर्मीसम्मका दक्ष जनशक्ति भर्ना गर्ने कार्य पनि अगाडि बढेको छ







प्रतिक्रिया राख्नुहोस्