तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री पौडेलद्धारा सभाहलको शिलान्यास

मकवानपुर । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार हेटौंडामा सुविधा सम्पन्न सभाहलको शिलान्यास गर्नुभएको छ ।

हेटौंडा उपमहानगरपालिकाको हाताभित्रको खाली जग्गामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सभाहलका रुपमा प्रयोग गर्ने गरी सभाहल निर्माण गर्न लागिएको हो ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले आधुनिक सभा हलको आवश्यकता भएका कारण सुविधा सम्पन्न प्रदेश स्तरिय हल निर्माण गर्न लागिएको बताउनुभयो । कुल ५ करोड २६ लाख लागतमा वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन कार्यालय मकवानपुर र संरक्षण निर्माण कम्पनीबीच २०७९ बैशाख १९ गतेसम्म निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता गरिएको छ ।

कार्यक्रममा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुणासैनी, उपमहानगरपालिकाकी उपमेयर मिना लामा लागयतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button