तपाईँ सुन्दै हुनुहुन्छः

घरेलु उद्योगमा दक्ष कामदारको संकट

तनहुँ । तनहुँमा घरेलु उद्योग सञ्चालन गर्ने उद्यमीहरुले दक्ष कामदारहरुको अभाव झेल्नु परेको जनाएका छन् ।

तनहुँमा उत्कृष्ट घरेलु उद्यमीको सम्मान ग्रहण गर्दै बन्दिपुर गाउँपालिका स्थित याम्पाका गणेश तिवारीले दक्ष कामदार नहुदाँ भारतीय श्रमबजारबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

तिवारी फर्निचर उद्योग सञ्चालन गर्दै आउनुभएका तिवारीले नेपाली कामदारलाई दक्ष बनाउन आवश्यक तालिमको ब्यवस्था गरिदिन घरेलु तथा साना उद्योग कार्यालयलाई आग्रह गर्नुभयो ।

छैंटो राष्ट्रिय उद्योग दिवसको अवसरमा उत्कृष्ट घरेलु उद्यमीलाई कार्यालयले सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा बन्दीपुर गाउँपालिका –५ याम्पाका तिवारीसहित व्यास नगरपालिका–२ दमौलीस्थित दिपेन्द्र सुज सेन्टरका सञ्चालक आईते सार्की, व्यास नगरपालिका–१ गल्वुवेशी स्थित पुष्प होजियारी सुईटर उद्योगका सञ्चालक पदमबहादुर थापा मगर र व्यास नगरपालिका–५ स्थित सुबोध फुड्स उद्योगका सञ्चाल सुवोध वाग्ले रहेका छन् ।

सम्मान ग्रहणका लागि आएका साना तथा घरेलु उद्योगीहरुले श्रमबजारमा दक्ष नेपाली कामदारको अभाव रहेको जनाएका थिए । उहाँहरुले भन्सारबाट कर छलेर ल्याईएका समान बजारमा भित्रिने क्रम रोक्न नसक्दा प्रतिस्पर्धा गर्न कठिन भएको समेत गुनासो गरेका थिए ।

जिल्ला समन्वय समित तनहुँकी उपप्रमुख पवित्रा देवी पौडेल, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले सयुक्त रुपमा सम्मान गर्नु भएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि समन्वय उपप्रमुख पौडेले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनायर उद्योग खुला नै राख्नु जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button