तपाईँ सुन्दै हुनुहुन्छः

चितवन मेडिकल कलेजमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपुर जिल्ला गैंडाकोट नगरपालिका वडा नम्बर ८ का ६० बर्षीय पुरुषको मृत्यु भएको हो ।

सवारी दुर्घटनामा परेर कात्तिक २९ गते अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा आज बिहान ३ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा.किशोर अधिकारीले जानकारी दिनुभयो । उनको मंसीर १ गते स्वाब परीक्षण गरिएकोमा मंसीर २ गते कोरोना पुष्टि भएको थियो । उनको कोभिड आइसियु कक्षमा उपचार हुदै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button