तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा पहिलो पटक जैविक प्याड उद्योग सञ्चालन

अछाम । अछाम जिल्लामा पहिलो पटक प्याड उद्योग संचालनमा आएको छ । जिल्लाको साँफेबगर नगरपालिकामा दिदि बहिनी जैविक प्याड उद्योग सञ्चालनमा आएको हो ।

साँफेबगरमा एक कार्यक्रमका वीच उद्योगको कार्यालय स्थापना गरिएको छ । कार्यालयको सुदूरपश्चिम प्रदेशसभा सदस्य हर्क बहादुर कुँवर गोविन्दले उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा सांसद कुँवरले प्याड उद्योगलाई निरन्तरता दिन प्रदेश सरकारबाट बजेट बिनियोजन गर्ने बचन दिनुभयो ।

बिगत एक वर्ष पहिले देखि नै प्याड बनाउने कामको सुरुवात गरे पनी हाल औपचारिक रुपमा उद्योग दर्ता गरी जैविक प्याड उद्योग संचालनमा आएको महिला अधिकारकर्मी तथा छाउपडि कुप्रथा अन्त्यकी अभियान्ता पशुपति कुँवरले बताउनु भयो ।

अभियन्ता कुँवरले छाउपडि गोठ मात्र भत्काएर छाउपडि प्रथाको अन्त्य नहुने भन्दै महिनावारी भएका बेला सहज र सस्तो तरिकाले प्याड उपलब्ध गराउन सकेमात्र महिनावारी व्यवस्थित र सुरक्षित हुने बताउनुभयो ।

जैविक प्याड उद्योगका सञ्चालक किथ्थी टमट्टाले अब आफुहरुले उत्पादन गरेका जैबिक प्याडहरु अछामका दशवटै स्थानीय तहका ९१ वडामा पुर्याउने लक्ष्य रहेको बताउनु भयो । यसका लागि स्थानिय तहको सहयोग चाहिने उहाँको भनाई छ ।

अछामका दशवटा स्थानीय तहले गत आर्थिक बर्षमा जिल्ला बाहिरबाट एक करोड ६८ लाख बढी रुपैयाँका सेनेटरी प्याड खरिद गरेको तथ्यांक रहेको छ ।

उहाँले एक वर्ष पहिले देखि नै प्लाटिन र सुतिको कपडा प्रयोग गरी प्याड बनाउने कामको सुरुवात गरेर वितरण गर्दै आईरहेको बताउनु भयो ।

साँफेबगरमा रहेको सेफ हाउसमा आएका हिँसा पिडित महिलाहरुलाई स्वरोजगार बनाउन समेत यस उद्योगले टेवा पुग्ने बिश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button