तपाईँ सुन्दै हुनुहुन्छः

दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण

 बारा । बारास्थित नारी शक्ति बिकास मञ्चले आज जितपुुरका दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री र न्यानो कपडा बितरण गरेको छ । जीतपुुरसिमरा उपमहानगरपालिकाको जीतपुुरमा एक कार्यक्रमको आयोजना गरि आर्थिक अवस्था कमजोर भएका ७५ जना दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री बितरण गरिएको मञ्चका अध्यक्ष आशा दहालले जानकारी दिनुुभयो ।

संबिधानसभा सदस्य शोभाकर पराजुुलीले बालबालिकाहरुलाई शैक्षिक सामग्री र न्यानो कपडा बितरण गर्नुुभएको छ । शैक्षिक सामग्रीमा ब्याग,कपी , इरेजर, पेन्सिल लगायतका सामग्रीहरु रहेका छन् भने न्यानो कपडामा भोटो, दौरा सुुरुवाल, म्याक्सी चोलो, पेटिकोट र म्याट रहेको नारी शक्ति बिकास मञ्चकी उपाध्यक्ष दुुर्गा रिजालले जानकारी दिनुुभयो ।

करिब साँत बर्षदेखि अनौपचारिक रुपमा स्थानीय एक समाजसेवी युुवाले ती दलित बालबालिकाहरुलाई निशुुल्क पढाउँदै आएका छन् । स्कुुल जानबाट बञ्चित ती बालबालिकाहरु चिसो मौसममा पनि चप्पल माथि पल्टी कसेर पढ्दै आएका थिए । कुुनै दातृ निकायले आर्थिक सहयोग र बालबालिकाहरुलाई बिद्यालयतर्फ आकर्षित गर्न चासो नदेखाएपछि समाज सेवी युुवा साहले आफनो पसल अगाडि बिहान बालबालिकाहरुलाई पढाउँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button