तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषध सहित २ पक्राउ

झापा । झापाको मेचिनगरमा अवस्थित काँकरभिट्टा र सीमा क्षेत्रबाट हुने लागुऔषध नियन्त्रणका लागि प्रहरीले विशेष अपरेशन शुरु गरेको छ ।

विशेष अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय काँकरभिट्टाले सोमवार मेचीनगर ७ बाट १३ ग्राम ब्राउन सुगर सहित २ जनालाई नियन्त्रणमा लिएको डिएसपी राजेन्द्र पोखरेलले बताउनुभयो ।

मेचीनगर–७ आशावन्तीको घरमा बस्ने वर्ष २९ का सीताराम आङदेम्बे र श्रीमति मनिषा मगर आङदेम्बेको कोठाबाट नगद एक लाख ३३ हजार र १३ ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको हो ।

त्यसैगरी, उनीहरुले बिक्री गरेको धरान–५ का कल्याण राई र धरान १६ का एक व्यक्तिबाट ५ र १० ग्राम ब्राउन सुगरसहित उनीहरुले प्रयोग गरेको को ३५ प ७०१७ नम्बरको एक थान मोटरसाइकल समेत बरामद गरी थप अनुसन्धान भइरहेको डिएसपी पोखरेलले जानकारी दिनुभयो ।

लकडाउनका कारण सीमा शिल भएपछि प्रहरीले सम्भावित स्थानमा कडा निगरानी बढाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button