तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा एक दिन २४ जना कोरोना सङ्क्रमित थपिए

तनहुँ । तनहुँमा २४ जना कोरोना सङ्क्रमित थपिएको छ ।
जिल्लाको व्यास नगरपालिकामा आठ जना, भिमाद नगरपालिकामा सात जना, घिरिङ गाउँपालिकामा सात जना, शुक्लागण्डकी नगरपालिकामा एक जना र फेवा सिटी अस्पतालमा उपचाररत एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
व्यास–१ की ४९, २१ वर्षीया महिला र २०, ५२ वर्षीय पुरुष, व्यास–२ की ६३ वर्षीया महिला, व्यास–४ का ३७ वर्षीय पुरुष, व्यास–८ का ६६ वर्षीय पुरुष र व्यास–९ का ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै भिमाद–४ का १९ वर्षीय पुरुष, भिमाद–५ की २९ वर्षीया महिला, भिमाद–६ की ४९ वर्षीया महिला, भिमाद–७ की १९, ३५ वर्षीया महिला र ५१, ३८ वर्षीय पुरुषमा समेत सङ्क्रमण भएको छ ।
यस्तै घिरिङ–१ की २१, ६५ वर्षीया महिला, ७१, ३५, ५६ वर्षीय पुरुष र घिरिङ–३ का ४०, ५६ वर्षीय पुरुषमा सङ्क्रमण भएको निर्देशनालयले जनाएको छ ।
त्यसै गरी शुक्लागण्डकी नगरपालिकाको वडा नखुलेको ४१ वर्षीया महिलामा समेत सङ्क्रमण भएको छ ।
त्यस्तै फेवा सिटी अस्पताल पोखरामा उपचाररत २३ वर्षीया महिलामा कोरोना सङ्क्रमण भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button