तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप ४३ जना कोरोना संक्रमित निको भई डिष्चार्ज

नेपालगञ्ज। बाँकेमा आज थप ४३ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । २९ जना पुरुष र १४ जना महिला डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यो संगै कोरोनाबाट निको हुनेको संख्या ३ हजार ४ सय ७३ पुगेको छ । बाँकेमा कोरोना निको हुने दर ९५.२६ प्रतिशत छ । अब बाँकेमा आइसोलेसनमा १ सय ३६ जना छन् । हालसम्म ३ हजार ६ सय ४६ जनामा कोरोना पुष्टि हुँदा बाँकेका ३७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button