तपाईँ सुन्दै हुनुहुन्छः

संकटमा चुरे क्षेत्रका दर्जनै तालहरू

 

कञ्चनपुर । कञ्चनपुर जिल्लामा रहेका जैविक विविधता, पर्यटकीय र धार्मिक महत्त्व बोकेका तालहरू सङ्कटमा परेका छन् ।  मानव अतिक्रमण र प्राकृतिक प्रकोपका कारण कञ्चनपुर  जिल्लाको  चुरे क्षेत्रमा रहेका दर्जनै तालहरूको अस्तित्व खतरामा परेको हो ।

चुरे क्षेत्रमा रहेका प्रसिद्ध झीलमीला ताल,वेतकोट ताल,सिद्धेश्वर ताल लगायतका दर्जनै तालहरू यत्तिखेर सङ्कटमा परिरहेका छन् । चुरे क्षेत्रमा वन फडानी लगायतका कारणबाट गएको पहिरो र बाढीले बगाएर ल्याएको ढुङ्गा र माटोका कारण तालहरू सङ्कटमा परेका हुन् ।

केही वर्ष अघिसम्म धार्मिक महत्त्व बोकेका तालहरूमा माछा मार्न नहुने जनविश्वास रहेको भए पनि अहिले तस्करहरूले उक्त तालहरुमासमेत सिकार गर्ने गरेका छन् । जसका कारण केहीतालहरु यत्तिखेर जलचर र पक्षीविहीन बन्ने अवस्थामा पुगेका छन् ।

ताल संरक्षणका लागि भन्दै विभिन्न सरकारी र गैर सरकारी संस्थाहरू सक्रिय भएपनि उपलब्धि भने खासै देखिएको छैन ।

तालहरूको अवस्था सङ्कटमा पर्दैगएकोमा स्थानीय बासिन्दा चिन्तित छन् । समयमै ताल संरक्षण र संवर्द्धनमा सरकारी पक्ष लाग्नुपर्ने उनीहरूको  माग छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button