मानसिक रोगी अधिकारीको साइकियाट्री अस्पतालद्वारा उद्धार

चितवन । कालिका ७, भटेनीका १९ वर्षीय मानसिक रोगी सागर अधिकारीको आज उद्धार गरिएको छ ।
आर्थिक अवस्था अत्यन्त कमजोर रहेका अधिकारी विगत लामो समयदेखि मानसिक समस्या भई घरमै रहेका थिए ।
खैरहनी नगरपालिका वडा नं. ११, कठारस्थित ब्युटिफुल माइण्ड इन्स्टिच्युट अफ साइकियाट्री अस्पतालका वरिष्ठ मनोरोग चिकित्सक तथा अध्यक्ष डा. गिरीराज भन्तानाले आर्थिक अवस्था कमजोर भई उपचार नपाएको थाहा पाई आँफुले उद्धार गरी ल्याएको बताउनुभयो ।

आफूले उनको निःशुल्क उपचार र बस्ने व्यवस्था गर्ने समेत बताउनुभयो । उनको उपचारको उद्धारको लागि चेपाङ अभियन्ता केपी किरण शर्मा, पत्रकार रबि रोशीले समन्वय गर्नु भएको थियो ।
मानसिक रोगी अधिकारीको उद्धारको क्रममा ब्युटिफुल माइण्ड इन्स्टिच्युट अफ साइकियाट्री अस्पतालका वरिष्ठ मनोरोग चिकित्सक तथा अध्यक्ष डा. गिरीराज भन्ताना, अस्पतालका स्पोक्स पर्सन कमल भुसाल, चेपाङ अभियन्ता केपी किरण शर्मा, पत्रकार रबि रोशी लगायतको उपस्थिति रहेको थियो ।

यस अगाडि पनि ब्युटिफुल माइण्ड इन्स्टिच्युट अफ साइकियाट्री अस्पतालका वरिष्ठ मनोरोग चिकित्सक तथा अध्यक्ष डा.भन्तानाले विपन्न तथा आर्थिक अवस्था अत्यन्त कमजोर भएका बिरामीहरूको निःशुल्क उपचार गराउँदै आउनु भएको थियो ।
सो अस्पतालमा मानसिक रोगीहरूलाई आवासीय रूपमा नै राखी उपचार गरिन्छ ।









प्रतिक्रिया राख्नुहोस्