बाँकेमा गएराति भीषण आगलागी

नेपालगञ्ज । बाँकेमा गएराति भीषण आगलागी भएको छ । नेपालगञ्जका दुई स्थानमा आगलागी हुँदा करोड बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
न्यू रोडस्थित सद्भाव प्रिन्टिङ प्रेस र विपी चोकस्थित न्यू स्टार सिरक सप्लायर्सको गोदाममा गएराति ८ बजेतिर आगलागी भएको थियो ।
दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा करिब ३ घण्टापछि आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । विद्युत सर्ट हुँदा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्