तपाईँ सुन्दै हुनुहुन्छः

‘बचत गर्नसक्ने गरी कृषि क्षेत्रको विकास गरिने’

file photo

रुपन्देही । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा बिग्रिएको व्यवस्था फेर्न आफू अर्जुन दृष्टिका साथ लागेको बताउनुभएको छ ।

बुटवलमा आज आयोजित कार्यक्रममा मन्त्री भुसालले किसानको उत्पादन विक्रीमार्फत् उनीहरुको सबै आवश्यकता पूरा गरेर बचत गर्नेसक्ने गरी कृषि क्षेत्रको विकास गर्ने योजना रहेको जानकारी दिनुभयो ।

रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका मन्त्री भुसालले हिउँदे बालीका लागि पर्याप्त मल नेपाल भित्रिएको जानकारी दिनुभयो ।

मन्त्री भुसालले धानका लागि ठेकेदारले धोका दिएर मल नआए पनि हिउँदे बालीका लागि पर्याप्त मल विराटनगर, भैरहवा र पश्चिततर्फका डिपोमा आइसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button