तपाईँ सुन्दै हुनुहुन्छः

निजगढस्थित बकैया ठाकुर आधारभुत बिद्यालयलाई बस हस्तान्तरण

बारा । बाराको निजगढस्थित बकैया ठाकुर आधारभुत बिद्यालयमा बस हस्तान्तरण गरिएको छ । पुर्व मन्त्री तथा बारा क्षेत्र नम्बर १ का संघीय सभासद उमाकान्त चौधरीले बस हस्तान्तरण गर्नुुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुुर्ब मन्त्री चौधरीले शिक्षा र स्वास्थ्यको बिकासमा सबैले जोड दिनु पर्ने बताउनुभयो । नेपाली काग्रेस केन्द्रीय सदस्यसमेत रहनु भएका सासद चौधरीले बिद्यालयमा टाढाबाट आउने बिद्यार्थिलाई बस सञ्चालनपछि आवत जावतमा सहज हुने र दुर्घटनाबाट बच्न सकिने बताउनुभयो ।

बकैया ठाकुर आधारभुत बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनालले शिक्षाको विकासको लागि नगरपालिकाले सक्दो सहयोग गदर््ै आएको र आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टेकबहादुर लामाले विद्यालयले विद्यार्थीहरुको सुविधाको लागि बस सचालन गर्ने प्रस्ताव गरेपछि आफुले पनि सहयोग गरेको बताउनुभयो । बारा क्षेत्र नं.१ का सांसद चौधरीको सांसद बिकास कोषबाट १५ लाख र निजगढ नगरपालिका वडा नं. ८ को कार्यालयबाट १४ लाख गरी २९ लाखमा बस खरिद गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button