तपाईँ सुन्दै हुनुहुन्छः

बेदकोटका किसानलाई कृषि सामाग्री प्रदान

कञ्चनपुर । कञ्चनपुरको बेदकोटका किसानलाई तरकारी खेतीका लागि सहयोग दिईएको छ । स्वीट नेपालले तरकारी खेतीका लागि किसानलाई आवश्यक समाग्री दिईएको होे ।

स्वीट नेपालको आयोजना तथा युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको सहयोगमा संचालित कोभिड १९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुर्नप्राप्ति परियोजना अन्र्तगत वेदकोटका ८० जना किसानलाई तरकारी खेती गर्नका लागी आवश्यक साम्रगीहरुको सहयोग गरिएको छ ।
स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले किसानलाई तरकारी खेतीका लागी चाहिने बिउ,मल तथा औजारहरु गरी १६ प्रकारका समानहरु दिएको बताउनु भएको छ ।

स्वीट नेपाल कञ्चनपुरले कोभिड बाट प्रभावितका लागी बेदकोट नगरपालिकाका ४ सय ५ जनालाई उदमी बनाई रोजगारी सिर्जना गर्नका लागि  परेको स्वीट नेपालका अध्यक्ष तिरुवाले बताउनु भएको छ ।

स्वीट नेपाल वेदकोट नगरपालिका एक वटाबाट ८ जना हुनेगरी सबै वडाका ८० जना किसानलाई फिल्डमै लगी प्रयोगात्मक रुपमा तालिम समेत गरिएको जानकारी कृर्षि अधिकृत ललित पाण्डेले जानकारी दिनु भएको छ ।

संस्थाले वेदकोटलाई पकेट क्षेत्रको रुपमा कार्यक्रम अगाडी बढिरहेको छ वडा न १ र २ मा आलु बिउ उत्पादन,वडा न ३ र ४ मा च्याउ खेती कार्यक्रम ,वडा न ५ र ६ मा खुर्सानी उत्पादन,वडा न ७ र ८ मा लसुन उत्पादन तथा वडा न ९ र १० प्याज उत्पादन गर्ने कार्यक्रम रहेको छ । कोभिडले वेरोजगार वनेका युवाहरुका लागि यो कार्यक्रम ज्यादै फलदायी हुने वेदकोटका नगर प्रमुख अशोक कुमार चन्दले वताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button