तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप एक जना कोरोना सङक्रमितको मृत्यु

पाल्पा । पाल्पामा थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ ।

होम आइसोलेसनमा रहेका रिब्दीकोट– २ पाल्पाका ७२ वर्षीय एक पुरूषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।

कार्तिक ११ गते सङक्रमण पुष्टि भएका उनको २५ गतेको रिपोर्ट पोजेटिभ आएको हो ।

उनमा निमोनिया, उच्च रक्तचापको समस्या समेत रहेको बुझिएको छ । यससँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या १४ पुगेको छ ।

शुक्रबार पाल्पामा थप १८ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button