तपाईँ सुन्दै हुनुहुन्छः

कृष्णपुरको चुरे वन क्षेत्रमा काठ तस्करी बढ्दो,भरुवा बन्दुक बरामद

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका १ चुरे वन क्षेत्रमा काठ चोरी तस्करी बढेको छ । तिहारका बेला कृष्णपुर नगरपालिका १ चुरे वन क्षेत्रमा काठ र वन्यजन्तु चोरी तस्करी बढेपछि सशस्त्र प्रहरीले सो क्षेत्रमा गस्ती बढाएको छ । सशस्त्र प्रहरीकै गस्तीबाट कञ्चनपुरको चुरे जङ्गलबाट भरुवा बन्दुक बरामद गरिएको छ । अघिल्लो दिन काठ बरामद गरिएको थियो । सशस्त्र प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिका १ कुमगडा क्षेत्रबाट एक थान भरुवा बन्दुक बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल शैलेश्वरी गणबाट सशस्त्र प्रहरी निरीक्षक निरीक्षक ईश्वरी भट्टको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले एक थान भरुवा बन्दुक बरामद गरेको हो । सशस्त्र प्रहरीले सो क्षेत्रमा काठ, वन्यजन्तुको चोरी तस्करी हुन थालेपछि सशस्त्र प्रहरीले सो क्षेत्रका गस्ती बढाएको थियो । बरामद गरिएको भरुवा बन्दुक सशस्त्र प्रहरीले प्रहरीलाई बुझाएको छ ।

एक दिन अघि मात्रै सशस्त्र प्रहरीले कृष्णपुर नगरपालिका १ चुरे क्षेत्रबाटै काठ समेत बरामद गरेको थियो । सशस्त्र प्रहरीको टोली देखेपछि सिकारीले भरुवा बन्दुक छाडेर भागेको जनाइएको छ । तिहारका बेला सशस्त्र प्रहरीले वन क्षेत्रमा गस्ती समेत गस्ती बढाएको पाइन्छ । यसका साथै तस्करी रोक्नका लागि सीमा क्षेत्रमा समेत गस्ती बढाएर गैर कानुनी गतिविधि नियन्त्रणमा जुटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button