तपाईँ सुन्दै हुनुहुन्छः

पुरानो मेडिकल कलेजमा मृत्यु भएका एक बृद्धमा कोरोना पुष्टि

चितवन । कलेज अफ मेडिकल साईन्सेस (पुरानो मेडिकल कलेज) चितवनमा मृत्यु भएका भरतपुरका एक बृद्धमा कोरोना पुष्टि भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १० का ७२ बर्षीय बृद्धको मृत्युपछि कोरोना पुष्टि भएको हो ।

अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेका अनुसार हिजो बिहान ६ बजे मृत्यु भएका बृद्धको हिजो साँझ पौने ६ बजे पोजेटिभ रिपोर्ट आएको जानकारी दिनुभयो । ती बृद्ध निमोनिया भई कात्तिक २६ गते अस्पताल भर्ना भएका र उनको सोही दिन स्वाव परीक्षणको लागि पठाईएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button