सप्तरीमा दुई महिलासहित पाँच जना कोरोना सङ्क्रमित थपिए
सप्तरी । सप्तरीमा आज दुई महिलासहित पाँच जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै सप्तरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ सय ९८ पुगेको छ ।
खडक नगरपालिकाका दुई महिलासहित चार र बोदे बरसाईन नगरपालिकाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिनु भएको छ ।
खडक नगरपालिका–१० का एक महिला र एक पुरुष, वडा नम्बर ९ का एक महिला तथा वडा नम्बर ७ का एक जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
यसै गरी बोदे बरसाईन नगरपालिका–१० का एक पुरुषमा सङ्क्रमण देखिएको निमित्त प्रमुख यादवले बताउनुभयो ।
सप्तरी जिल्लामा हालसम्म १५ सय छ जना निको भएर घर फर्किएका छन् भने कोरोना सङ्क्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भइसकेको छ ।
जिल्लामा हालसम्म एक सय ६० सक्रिय सङ्क्रमित रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्