तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथर जिल्लाका दुई स्थानमा सिमा सुरक्षा वल स्थापना

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका वडा नं १ लामपोखरी नजिक तोरीफुलेमा बिहीवारबाट सशस्त्र प्रहरीको सिमा सुरक्षा वल स्थापना गरिएको छ ।

भारतको सिक्किम राज्यसंग सिमाना जोडिएको सो क्षेत्रमा चोरी शिकारी तथा सिमा सुरक्षार्थ सो सुरक्षा वल स्थापना गरिएको पाँचथरस्थित शसस्त्र प्रहरीको हिमशिखर गुल्मका प्रमुख प्रहरी नायव उपरिक्षक किशोर श्रेष्ठले बताउनुभएको छ ।

सो सिमा सुरक्षा वलमा प्रहरी नायव निरीक्षक हसेन हुसेनको नेतृत्वमा १९ जना शसस्त्र प्रहरी रहने बताइएको छ । सो सिमा सुरक्षा वलको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे र शसस्त्र प्रहरी वल १ नम्बर प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक गणेश गिरीले एक कार्यक्रमकाबीच संयुक्त रुपमा विहीबार उद्घाटन गर्नु भएको छ ।

पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं ५ आहालेमा केही महिना पहिलेनै अर्को सिमा सुरक्षा वल स्थापना गरिसकिएको छ । यस बर्ष जिल्लामा दुई स्थानमा सिमा सुरक्षा वल स्थापना भइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button