तपाईँ सुन्दै हुनुहुन्छः

मेल्लेख गाउँपालिकाको बस सेवा सञ्चालन

अछाम । अछाम जिल्लाको मेल्लेख गाउँपालिकाले आफ्नै बस सेवा संचालन गरेको छ । कुधबारदेखि मेल्लेख गाउँपालिकाद्वारा संञ्चालित बसले मेल्लेख–साँफेबगर जयगढ–मंगलसैन बस सेवा शुरु गरेको गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराले बताउनु भयो ।

बस दैनिक मेल्लेखबाट साँफेबगर, बयलपाटा, जयगढ र मंगलसेनसम्म सञ्चालन हुने र बस सञ्चालनका लागि साँफेबगर नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका र मंगलसेन नगरपालिकाबाट रुट प्रमिट अनुमति प्राप्त भैसकेको अध्यक्ष बोहराको भनाइ छ ।

गाउँपालिकाले ७७ लाखमा दुई बस खरिद गरेको हो । ई–टिकट, सिसिटीभि क्यामेरा, जिपीएस सहित अपाङ्गमैत्री बस मेल्लेखले सञ्चालनमा ल्याएको हो ।

बस सञ्चालनमा आएपछि जीपमा ३ सय देखि ५ सय रुपैयाँ तिर्नु पर्ने बाध्यताको अन्त्य भएको स्थानीयको भनाइ छ ।

गाउँपालिकाले कच्ची सडकमा प्रतिकिलोमिटर ९ रुपैयाँ ५ पैसा र पक्की सडकमा ४ रुपैयाँ ५ पैसा निर्धारण गरेको छ ।’

दुईटै बस ३०–३० सिट क्षमताका रहेको छन् ।

डेढ वर्ष पहिले अछामका स्थानीय तहरुमा पालिकासम्म बस पुर्याउने होडबाजी चलेपनि कसैले निरन्तरता दिन भने सकेका थिएनन् ।

गाउँपालिकाले सुदूरपश्चिम प्रदेश ०१००१ ख २३७४ र सुदूरपश्चिम प्रदेश ०१००१ ख २३७५ नम्बरका बस ल्याएको हो ।

कोरोना महामारीबाट बच्न सरकाले लागू गरेको मापदण्डअनुसार सुरक्षा सतर्कता समेत अपनाई बसमा सेनिटाईजर, मास्क लगायतका सुरक्षा सामग्रीको समेत व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button