एकैपटक तनहुँमा ४७ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ । तनहुँका ४७ जनामा एकैैपटक कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्लाको शुक्लागण्डकी नगरपालिकामा मात्रै २२ जना, व्यास नगरपालिकामा ११ जना, भानु नगरपालिकामा ९ र म्याग्दे गाउँपालिकामा ४ र भिमाद नगरपालिकामा १ जनामा कोरोना संक्रमण भएको स्वाास्थ्य निर्देशनालयले जनाएको छ ।
व्यास नगरपालिकाको वडा नखुलेको ४६, ३९, ५० वर्षीया महिला र ७७, ५२, २५, ३३, २८, ५२ र ३६ वर्षीय पुरुष र व्यास–७ की ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालय छ ।
त्यस्तै शुक्लागण्डकी नगरपालिकाको वडा नखुलेको ५०, २४, ४१, २८, ५७, ३५, १०, २१, ३४ वर्षीया महिला र ६०, २९, ३४, २६, ३७, ३७, २२, ३५, २२, ३६, १२, ५०, २७ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।
त्यस्तै भानु नगरपालिकाको वडा नखुको ६१, २४, ३४, ६५, ३०, ३० वर्षीया महिला र ३१, २९, २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी म्याग्दे गाउँपालिकाको वडा नखुलेको ५८, ५६, २१ र ३१ वर्षीय पुरुष र भिमाद–६ की २१ वर्षीया महिलामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
यति ठुलो संख्यामा कोरोना संक्रमण भएको पहिलोपटक भएको हो । दैनिक बढिरहेको कोरोना संक्रमण कारण जिल्लाको भिमाद र शुक्लागण्डकी नगरपालिकाले आफ्नो पालिकामा कडाई गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्