तपाईँ सुन्दै हुनुहुन्छः

बैदेशिक रोजगार कसुर मुद्धाका फरार अभियुक्त ३ बर्ष पछि पक्राउ

झापा । तीन वर्षअघि बैदेशिक रोजगार कसुर मुद्धामा अदालतबाट सजाय सुनाइएका झापा, कन्काई नगरपालिका—३ का ३६ वर्षीय सौरभ उप्रेती पक्राउ परेका छन् ।

तीन वर्षअघि जिल्ला अदालत झापाले उप्रेतीलाई कसुरवापत एक वर्ष छ महिना कैदसहित रु एक लाख ५० हजार जरिवाना फैसला भएको थियो ।फैसलापछि फरार भएका उप्रेतीलाई तीन वर्षपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सुरुङाको टोलीले दुई दिनअघि घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो ।

अभियुक्त उप्रेतीलाई आज नै अदालतमा उपस्थित गराई फैसलाबमोजिम कैद भुक्तानीका लागि कारागार चलान गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button