नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल दर्शकसहित हुने
काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकसहित हुने भएको छ ।
बंगलादेश फुटबल फेडेरेशन (बीएफएफ) ले दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो । नेपाल र बंगलादेशबीच कात्तिक २८ र मंसिर २ गते ढाकामा दुई मैत्रीपूर्ण खेल हुँदैछ ।
बीएफएफले दुबै खेलमा दर्शकलाई प्रवेश गर्न दिने निर्णय गरेको हो । विश्वभर फैलिरहेको कोरोना महामारिकाको कारण अधिकास देशमा दर्शकलाई मैदान प्रवेशमा रोक लगाईएको छ ।
तर, बीएफएफले फिफा र एसियाली फुटलब महासंघ (एएफसी) को नियममा रहेर मैदानमा दर्शक प्रवेश गराउने जनाएको छ । यद्यपि मैदानमा कति संख्यामा दर्शक प्रवेश गराउने भन्ने बताईएको छैन ।
बीएफएफले खेलको टिकट मुल्य समेत तोकेको छ । उसले भीआईपी प्यारापिटतर्फ ५०० टाका र सामान्यतर्फ एक सय टाका तोकेको छ ।
ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन ।
२०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २–० ले हराएको थियो । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ भने बंगलादेश समूह ‘ई’ मा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्