बाँकेमा कोरोनाका सिकिस्त विरामीको संख्या बढ्दै
नेपालगञ्ज । बाँकेमा कोरोनाका सिकिस्त विरामीको संख्या बढ्दै गएको छ । अहिले ४२ जना सिकिस्त विरामीको जिल्लाका दुई वटा अस्पतालमा उपचार भइरहेको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगञ्जमा २९ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १३ जना गम्भीर प्रकृतिका विरामीको उपचार भइरहेको छ । एक साताअघि सिकिस्त विरामीको संख्या ३० थियो ।
त्यस्तै दुवै अस्पतालमा ४१ जना मध्यम र ७ जना सामान्य अवस्थाका विरामीको उपचार भइरहेको छ । यसैगरी जिल्लाका विभिन्न पालिकाहरुमा २ सय ३१ जना होम आइसोलेसनमा बसिरहेका छन् । बाँकेका हालसम्म ३ हजार ४ सय ४८ जना संक्रमित हुँदा ३ हजार १ सय ५० जना निको भएका छन् । ३५ जनाको भने मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्