पाँचथर जिल्लामा सङ्क्रमित बढेसँगै लकडाउनमा कडाइ
बिपेन्द्र गौतम
पाँचथर । पाँचथर जिल्लामा कोरोना सङ्क्रमित बढेसँगै जिल्लाका बिभिन्न स्थानमा लकडाउनलाई कडाई गरिएको छ ।
जिल्ला सदरमुकाम फिदिममा मंगलबार साँझसम्मको पिसिआर परीक्षणे रिपोर्ट अनुसार थप १७ जनामा कोरोना पोजेटिभ देखिएपछि सदरमुकाम फिदिम बजारमा मोटर साइकलसहितका दुई पाङग्रे र चार पाङग्रेसहितका सबै सार्वजनिक तथा निजि यातायातका सेवाहरु र व्यवसाय सञ्चालनमा प्रशासनले कडाई गरेको हो ।
जिल्ला सदरमुकाम फिदिममा लकडाउनको उल्लङ्घन गर्न घोज्ने दर्जनौँ मोटरसाइकललाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
जिल्लाको पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष, महासचिव र सदस्य र व्यवसायीहरु र रवि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.सोमित राय र सुरक्षाकर्मी समेतलाई हालै कोरोना पोजेटिभ देखिएपछि सो प्राथमिक स्वास्थ्य केन्द्र र रवि बजार कार्तिक २३ देखि ३० गतेसम्मको लागि सिल गरिएको छ भने जिल्ला सदरमुकामको फिदिम नगरपालिकामा दुई हप्ताका लागि मंसिर २ गतेसम्म लकडाउन गरिएको फिदिम नगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्