मालवाहक भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं–२ स्थित शोतिमा मंगलबार राति मालवाहक भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मुत्यु हुनेमा उदयपुर जिल्ला कटारी नगरपालिक वडा नं –४ का ३२ बर्षीय चालक प्रदिप कार्कीको रहेका छन् । उनको उपचारको क्रममा तामाकोसी अस्पताल मन्थलीमा मृत्यु भएको हो ।
समयमा दुर्घटनाको जानकारी पाएपछि घटनास्थलबाट चालक कार्कीलाई उद्धार गरी मन्थलस्थित तामाकोशी अस्पतालमा उपचारका लागि लगिएको भएपनि बिहान अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
दोलखाबाट ओखलढुंगा जाँदै गरेको युनाइटेड सप्लायर्स ओखलढुंगाको प्रदेश– ३ –०१–००६ ख ३२० नंम्बरको मालवाहक भ्यान मंगलबार राति मन्थली–१ को शोति भन्ने ठाउँमा दुर्घटना भएको थियो । मालवाहक भ्यान मुल सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शंकर श्रेष्ठका अनुसार कोल्ड ड्रिङ्क्स र तरकारी बोकेर ओखलढुंगातर्फ जाँदै गरेको उक्त मालवाहक भ्यान के कारणले दुर्घटना भयो भन्ने बारे अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्