दमकको मुख्य क्षेत्रमा सरसफाई तथा सेनिटाइज अभियान

झापा । झापा दमकको गणतन्त्र चोक परिसरमा सरसफाई गरिएको छ ।
हेप्पी नेपाल र सानो प्रयास युवा समाज दमकको अगुवाइमा फुलको बगैँचा भित्रको खाली स्थानमा जतासुकै रहेको दिसा तथा अन्य फोहोरको सरसफाई गरेको गरिएको हो ।
दमकको मुख्य क्षेत्र मानिने गणतन्त्र चोकको फूलको बगैँचामा नगरपालिकाको सरसफाई शाखाले बेवास्ता गरेकाले जतासुकै दिसा गरी दुर्गन्ध फैलिएकाले सरसफाई गरिएको हेप्पी नेपाल दमकका महासचिव सुरेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।
हेप्पी नेपाल र सानो प्रयास युवा समुहले प्रहरी हिरासत, दमकको आकाशे पुल, मानिसहरुको भीडभाड हुने दमक बसपार्क र सेवा प्रदायक सरकारी कार्यालयहरुमा सेनीटाइजर स्प्रे गर्ने काम समेत गरेको संस्थाका अध्यक्ष कुमार गुरुङ्गले बताउनुभयो ।
अहिलेको कोरोना सङ्क्रमणको जोखिम अवस्थामा त्यसको भाइरसले अरुलाई पुनः सङ्क्रमण नगरोस् भनेर इलाका प्रहरी कार्यालय दमकको हिरासत, प्रहरी ब्यारेक, इलाका प्रशासन कार्यालय दमकको कार्यालय परिसरमा सेनीटाइजर स्प्रे गरिएको उहाँको भनाई छ ।
सेनीटाइजर स्प्रेसँगै दमकको आकासे पुल, दमकको पूर्वको बसपार्क लगायतका ठाउँको पनि सरसफाइ गरिएको हेप्पी नेपालको डिआइसी इन्चार्ज जीवन नेपालीले बताउनुभयो ।
सो सरसफाई अभियानमा दमक–५ का वडाअध्यक्ष इन्द्र गुरुङ्ग, इलाका प्रशासन कार्यालय दमकका प्रमुख कृष्ण आचार्य, इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख विजय राज पण्डितको प्रहरी टोली, सानो प्रयास युवा समाजका अध्यक्ष सुरज श्रेष्ठको युवाको टोली, सामाजिक अगुवा साथै सर्वसाधारणको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्