माधव मरहठ्ठाको निधनप्रति नेकपा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षक संगठनका पूर्व वरिष्ठ उपाध्यक्ष माधव मरहठ्ठाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेकपाका नेतासमेत रहनुभएका मरहठ्ठाको बुधबार विहान उपचारका क्रममा ललितपुरको स्टार अस्पतालमा निधन भएको थियो ।
अध्यक्ष प्रचण्डले बुधबार विज्ञप्ती जारी गर्नुहुँदै नेपालको कम्युनिष्ट आन्दोलन तथा राजनीतिक परिवर्तनमा मरहठ्ठाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभएको छ । विभिन्न पुस्तकका लेखक समेत रहनुभएका मरहठ्ठा गोरखा जिल्लाको शिक्षक आन्दोलन र शैक्षिक विकासमा समेत योगदान दिनुभएको छ ।
दिवंगत मरहठ्ठाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै अध्यक्ष प्रचण्डले शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ ।









प्रतिक्रिया राख्नुहोस्